३७ जना अझै बेपत्ता
काठमाडौं – अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर अझै ३७ जना बेपत्ता छन् । कार्तिक १ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी-पहिरो र डुबानमा उनीहरु बेपत्ता भएका थिए ।
प्रदेश नम्बर १ मा ११ जना, प्रदेश २ मा एक जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ३७ जना बेपत्ता भएका छन् । उनीहरुको खोजी कार्य जारी छ ।
यस्तै शुक्रवार दिउँसोसम्म एक सय ११ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरीकाअनुसार प्रदेश नम्बर १ मा ६५ जना, बग्मती प्रदेशमा एक जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा एक सय ११ जनाको मृत्यु भएको छ ।
जसमध्ये १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ जना घाइते भएका छन् ।
प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार १८:४८
साझा बिसौनी ।