मुगु दुर्घटना : मृतकका परिवारले एक लाख पाउने

सुर्खेत – सवारी दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार वीरेन्द्रनगरमा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

दसैँ अवधिमा मुगुसहित कर्णाली प्रदेशका विभिन्न स्थानमा सार्वजनिक सवारी साधन दुर्घटनामा निधन भएका मृतकका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिइने छ ।

असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको थियो । यो अवधिमा अन्य सवारी दुर्घटना समेत भएका थिए ।

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार १७:५९