सात सय संक्रमित थपिए, ११ जनाको मृत्यु
काठमाडौं – शुक्रवार सात सय आठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सात हजार दुई सय ५३ पीसीआर परीक्षण गर्दा पाँच सय ७४ जना र दुई हजार एक सय २३ एन्टिजेन परीक्षण गर्दा एक सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ
शुक्रवार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या आठ लाख आठ हजार ९६ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार तीन सय ३७ पुगेको छ भने सात लाख ८५ हजार आठ सय १३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार नौ सय ४६ जना रहेका छन् ।
प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार १६:१८
साझा बिसौनी ।