सहारेमा सार्वजनिक सुनुवाइ

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ फागुन । 
स्थानीय सुशासन र सामाजिक जवाफदेहिता अभिवृद्धिका लागि सहारे गाविसमा बिहीवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन भएको छ । सहारे गाविसको आयोजना तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतले कार्यान्वयन गरिरहेको स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाको सहजीकरणमा सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो । 
६२ जनाको सहभागिता रहेको सो सार्वजनिक सुनुवाइमा गाविसमा भएका काम कारवाहीबारे नागरिकले प्रश्न राखेका थिए । गाविस सचिव कृष्णबहादुर पन्तले प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा सरोकारवालाले हरेक  ६ महिनामा सार्वजनिक सुनुवाइ गर्ने सार्वजनिक प्रतिबद्धता समेत गरेका छन् । गाविस सचिवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि परियोजनाका सुशासन अधिकृत सन्जुसिं विश्वकर्माले गरेका थिए ।
प्रकाशित मितिः   २८ फाल्गुन २०७२, शुक्रबार १०:२९