एक लाख डोज खोप ल्याइँदै

काठमाडौं – दीर्घरोगका बिरामीलाई लक्षित गरेर कोरोना भाइरसविरुद्वको फाइजर खोप ल्याइने भएको छ ।

कोभ्यास सुविधामार्फत गाभीले उपलब्ध गराउने भनेको  फाइजर खोप सोमवार नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।

यो खोप दीर्घरोगीहरूलाई प्राथमिकतामा राखेर खोप छठ पर्वपछि लगाउन सुरु गरिने जनाइएको छ ।

खरीद र अनुदानमा गरी नेपालमा अहिलेसम्म एक करोड ८८ लाख हाराहारीमा खोप आइसकेको छ ।

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार १४:२५