एमसीसी पारित हुन्छ : देउवा

धनगढी – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन् ।

शुक्रवा धनगढीमा पत्रकारहरुसँगको संवादमा देउवाले एमसीसी संसदबाट पारित गर्ने बताएका हुन् । उनले अनुदानमा आधारित परियोजना भएको बताउँदै एमसीसी नेपालकै कानुन मातहत हुने दाबी गरे । ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी त अनुदान हो । ऋण होइन । उनीहरुले नै यो नेपालको कानून भन्दा माथि नरहेको स्पष्ट पारिसकेका छन् । एमसीसी पास हुन्छ ।’

प्रकाशित मितिः   ५ कार्तिक २०७८, शुक्रबार १०:५१