विश्वासको मतमाथि छलफल हुने
विराटनगर – प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने जनाइएको छ ।
गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रवार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जानेछ । शुक्रवारको बैठकमा छलफल गरेर मतदान भने केही दिन पर सार्ने सत्ता पक्षको तयारी छ ।
बिहीवार बसेको बाग्मती प्रदेशको बैठकले विश्वासको मतसम्बन्धी छलफल भए पनि मतदान गर्ने मिति एक साताका लागि सरेको थियो । प्रदेश १ मा शुक्रवार प्रस्ताव टेवल गर्ने र छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी भएको हो । संसद सचिवालय स्रोतका अनुसार आइतवार मतदान हुनसक्छ ।
प्रकाशित मितिः ५ कार्तिक २०७८, शुक्रबार १०:५६
साझा बिसौनी ।