बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएको छ । चार दलीय गठबन्धनबाट उनी मुख्यमन्त्री बन्न लागेका हुन् ।  बिहीवारको प्रदेशसभा बैठकमा प्रदेशस्थित मा‌ओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले पाण्डेलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

पाण्डे एकीकृत समाजवादीको बागमती प्रदेशका संसदीय दलका नेता हुन् । बिहीवार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले संसदमा विश्वासको मत मागेकी थिइन् । तर, उनले विश्वासको मत पाउने सम्भावना देखिएको छैन ।

शाक्यले विश्वासको मत नपाए प्रदेशको नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढ्नेछ । प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बोलाइएको छ ।

बागमतीमा बाँकी कार्यकाल एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधाआधा समय मुख्यमन्त्री पाउने गठबन्धनले सहमति गरेका छन् ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार १८:५०