बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या सय नाघ्यो
काठमाडौं – बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या एक सय नाघेको छ । बिहीवार दिउँसोसम्म देशभर एक सय एक जनाको मृत्यु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश १ मा ६० जना, बागमतीमा एक जना, कर्णाली प्रदेशमा सात जना र सुदूरपश्चिममा ३१ जनाको मृत्यु भएको हो । ४१ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्य जारी छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार बाढीको कारण दुई हजार दुई सय बढी घर डुबानमा परेका छन् ।
अविरल वर्षासँगै सोमबारदेखि देशभरका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानबाट ठूलो क्षति पुगेको हो ।
प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार १७:४९
साझा बिसौनी ।