पाँच सय संक्रमित थपिए, आठ जनाको मृत्यु
काठमाडौं- बिहीवार देशभर कोरोना भाइरसका पाँच सय बढी संक्रमित फेला परेका छन् । देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट पाँच सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार कूल आठ हजार पाँच सय ४९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट चार सय ७० र एन्टिजेन विधिबाट ७५ संक्रमित पहिचान भएका थिए ।
यसैबीच कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। सात सय २६ जना भने संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मितिः ४ कार्तिक २०७८, बिहीबार १७:१३
साझा बिसौनी ।