विपद् निरीक्षणमा निस्किए देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा बाढी-पहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री भएको तीन महिनापछि देउवा पहिलो पटक सुदूरपश्चिम र गृहजिल्ला पुग्दैछन् । टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर वलायर पनि सहभागी छन् ।

देउवाले बिहीवार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा क्षतिको विवरण बुझेर शुक्रवार काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार ११:१०