आजदेखि मौसममा सुधार

काठमाडौं- बिहीवार बिहानैबाट देशभरको मौसममा सुधार आएको छ । केही दिनयता लगातार पानी परिरहेको थियो । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कार्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो। हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ। त्यसले ठूलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली भने रहने छ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार १०:११