८८ जनाको मृत्यु, ३० अझै बेपत्ता

काठमाडौं – बाढी र पहिरोमा परी देशभर ८८ जनाको मृत्यु भएको छ । केही दिनयता परेको अविरल वर्षापछि आएको बाढी-पहिरो र डुबानबाट बिहीवार बिहानसम्ममा विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको हो ।

गृह मन्त्रालयले दिएको जानकारीअनुसार ३० जना बेपत्ता भएका छन् ।

यस अवधिमा विपदबाट कर्णाली प्रदेशमा सात जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मितिः   ४ कार्तिक २०७८, बिहीबार १०:०१