महोत्सवमा आज : रामचन्द्र काफ्लेदेखि राजा राजेन्द्रसम्म

सुर्खेतमा सञ्चालन भइरहेको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेलामा आज पनि चर्चित कलाकारहरुको प्रस्तुत हुँदैछ ।
आयोजक समितिले दिएको जानकारी अनुसार चर्चित गायक रामचन्द्र काफ्ले, गायिका जुनी रिजालले आज दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
त्यसैगरी हाँस्यकलाकार राजा राजेन्द्र पोख्रेल, गायक रमेशराज भट्टराई र गायिका रुपा जिएमले पनि आफ्नो प्रस्तुती राख्ने जनाइएको छ ।
आज महोत्सवको चौथो दिन हो ।

प्रकाशित मितिः   २६ मंसिर २०७३, आईतवार १३:१६