१५ जनाको मृत्यु, २८ बेपत्ता
कैलाली- सुदूरपश्चिममा बाढी र पहिरोमा परेर अहिलेसम्म १५ जनाको मृत्यु भएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार अहिलेसम्म २८ जना बेपत्ता छन्।
डोटीमा नौ जना, डडेलधुरामा दुई जना र बैतडीमा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार डोटीमा मृत्यु हुनेमा ११ वर्षीय आशिष कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादुर विक, मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक, ३६ वर्षीया मन्धरा बलायर, ५५ वर्षीया झुपरी सार्की रहेका छन्।
डडेलधुरामा ३२ वर्षीय विष्णु अवस्थी र ६५ वर्षीया नरपता शाहीको मृत्यु भएको छ । त्यस्तै बैतडीमा ७१ वर्षीया परुदेवी महरा, २५ वर्षीय भानु पार्की, २१ वर्षीया पवित्रा पार्की र तीन वर्षीय देवन पार्की रहेका छन् । यस्तै बाढी पहिरोमा परेर सात जना घाइते भएका छन् । डोटीमा वीरबहादुर कुन्जेडा, बासुदेवी कुन्जेडा र विन्दा कुन्जेडा, डडेलधुरामा २५ वर्षीया देवकी रावल, सात वर्षीय ग्रिस रावल, वैतडीका ५५ वर्षीया सरस्वती विष्ट र ३० वर्षीया माया विष्ट रहेका छन् ।
यस्तै बाढीपहिरोमा परेर बझाङ, डोटी र कैलालीमा गरेर २८ जना बेपत्ता भएका छन् । बझाङमा उजली पार्की, हासु पार्की, आयसु पार्की, हिमा पार्की, सीमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, इश्वरादेवी सार्की, सञ्जिव सार्की, शर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सविना सार्की, सरोज सार्की, सिम्जिबि सार्की बेपत्ता भएका छन्।
कैलालीमा नदीमा बगेर दुई जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार ३० वर्षीय गणेश आउजी र डोटीका ७४ वर्षीय वीरे रोकाय रहेका छन् ।
माछा मार्न कर्णाली नदीमा गएका तीनजना बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ६१ वर्षीय खडकबहादुर घर्ती मगर, ३५ वर्षीय विक्रम घर्ती मगर र २६ वर्षीय खडक रानामगर रहेका छन् ।
प्रकाशित मितिः ३ कार्तिक २०७८, बुधबार १३:२७
साझा बिसौनी ।