सर्‍यो प्रतिनिधि सभा बैठक

काठमाडौं-  कार्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा सभामुख अग्नी सापकोटाले बैठक सारेका हुन् ।

प्रतिनिधि सभाको बैठक ९ गते १ बजेका लागि डाकिएको थियो। संसद सचिवालयले सूचनामार्फत् उक्त बैठक ११ गते दिउँसो २ बजेका लागि सारिएको जानकारी दिएको छ ।

कार्तिक ९ गते एमालेले देशभर स्थानीय तहमा अधिवेशन गर्दैछ ।  त्यसअघि कार्तिक ६ गते एमालेको देशभरका वडाहरुमा अधिवेशन हुँदैछ ।

प्रकाशित मितिः   २ कार्तिक २०७८, मंगलवार २३:२९