मुख्य प्रशिक्षकको खोजी
काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको छ ।
अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएपछि मुख्य प्रशिक्षक पद रिक्त रहेको छ । २०७७ पुस २ गते नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त ह्वाटमोरले भारतीय क्लबमा आबद्ध हुनका लागि राजीनामा दिएका थिए ।
क्यानले मुख्य प्रशिक्षक हुनका लागि ईसीबी वा सीए लेभल-थ्री तालिमप्राप्त वा सो समानको योग्यता हुनुपर्ने बताएको छ । त्यस्तै आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव पनि हुनुपर्ने क्यानले जनाएको छ । इच्छुक प्रशिक्षकले अक्टोबर ३१ सम्म आवेदन दिइसक्नुपर्नेछ ।
प्रकाशित मितिः २ कार्तिक २०७८, मंगलवार २१:४१
साझा बिसौनी ।