चीनले २० लाख डोज खोप अनुदान दिने

काठमाडौं- चीनले नेपाललाई थप २० लाख डोज खोप अनुदान दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङले सो जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुराकानीमा खड्का र वाङबीच द्वीपक्षिय सम्वन्ध, कोभिडविरुद्धको लडाईंमा सहकार्य, सीमा व्यवस्थापन, द्वीपक्षीय व्यापार लगायतका विषयमा छलफल भएका थिए । तातापानी र रसूवागढी नाकाबाबाट सामाआपूर्ति बढाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयल जनाएको छ ।

खड्कालाई यीले चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रकाशित मितिः   २ कार्तिक २०७८, मंगलवार २१:४६