विश्वासको मत लिन आचार्यको आलटाल
विराटनगर- प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन आलटाल गरेका छन् । सत्तारूढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीबमोजिम प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले यसै साता विश्वासको मत लिनुपर्ने भएको हो। तर आचार्यले यसतर्फ चासो दिएका छैनन् ।
प्रदेश १ को प्रदेश सभाको बैठक यही कात्तिक ५ गतेका लागि बोलाइएको छ।
प्रदेशसभा ९२ सदस्यीय छ । बहुमतका लागि कम्तीमा ४७ सांसदको मत चाहिन्छ। तर सत्तारूढ एमालेसँग ४१ सांसद मात्र छन्।
उता विपक्षी गठबन्धनतर्फ कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १० र जसपाका ३ प्रदेश सांसद छन्। यस हिसाबले उनीहरूका साथमा जम्मा ४९ मत देखिन्छ।
यसर्थ मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत पाउने सम्भावानै देखिन्न ।
यस्तै प्रदेशसभामा राप्रपा र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक सांसद छन् ।
प्रकाशित मितिः २ कार्तिक २०७८, मंगलवार २१:३५
साझा बिसौनी ।