एमालेको सदस्यता लिन परीक्षा दिनुपर्ने

नेकपा एमालेको सदस्य बन्न परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ। यो अभियान चितवनबाट थालनी गरिएको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्। एमालेको सदस्यता लिन चितवनमा एक हजार चार सयले आवेदन दिएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बताए। उनका अनुसार परीक्षा आइतबार लिइनेछ।

कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभर अभियानका रुपमा चलाइने उपाध्यक्ष शाक्यले बताइन्।

परीक्षामा लिखित रुपमै वस्तुगत प्रश्नपत्रहरु तय गरिएको छ। परीक्षा उत्तीर्ण हुनेहरुले एमालेको सदस्यता पाउनेछन्।

 

प्रकाशित मितिः   २५ मंसिर २०७३, शनिबार १४:०६