कविता

आमा ! छैन मैले बिर्सेको

कविता


सुरेन्द्रराज बुढाक्षेत्री

आमा म प्रत्यक्ष साक्षी छु
तपाईं यो धर्तीबाट सदाको लागि बिदा हुँदै गर्दा,
तपार्इंमा इच्छा थियो अझै
हाम्रै सामु लामो समय जीउने !
एकहोरो बोलिरहनु भयो
तर मैले आवाज बुँझिन,
मात्र भाव बुझेँ ।
एकहोरो हेरि मात्र रहनु भयो,
मैले आँखामा आँखा जुझाउन सकिनँ
मात्र मुकदर्शक बने, गर्न केही सकिनँ !
मन त थियो दिन एक मुट्ठि सास
बचाउन सक्छु कि भनी
तर त्यो पनि थिएन सम्भव,
तपार्इंमा पीडा थियो, म मा पनि व्यग्र इच्छा थियो
तपाईंलाई त्यो सैड्ढयाबाट मुक्ती दिलाउने
अनि घरको आगनमा बसि
विजय उत्सव मनाउने, तपार्इंको काखमा रमाउने,
अनि मनभित्रका बेदनाहरू बिसाउने
फगत यी सवै सपनाहरू चकनाचुर भए

दिनभरी मैले एकहोरो नियालिरहे त्यो स्क्रिनमा
मुटुको चाल अनि अक्सिजन को मापनमा
केही सुधार हुन्छ कि भनी
मनमा झिनो आशा बचाएको थिएँ
फेरि पनि आमा भन्दै काखमा
आफ्नो शिर लुकाउन पाउछु कि भन्दै
आमा भन्दै जोडले धेरै पटक बोलाएँ, शिर सुम्सुम्याएँ
जल चढाएँ, चुम्बन गरे हातका ती औलाहरूमा,
स्पर्श गरे ती गाला अनि ओठहरूमा,
प्रतिक्षामा थिएँ यी सबैको प्रतिक्रियामा
तर यी सबै प्रयासहरू निरर्थक भए
बिस्तारै तपाईंको त्यो अस्पस्ट आवाज पनि
केही बेरमै बन्द भयो,
अनि सदाका लागि
यश धर्तीबाट बिदा हुनु भयो, ब्रह्मलिन हुनुभयो ।

सन्ध्याकालिन समय थियो,
सन्नाटा छायो,मैले अन्धकार बाहेक केही देखिन,
बिक्षिप्त भए, स्तब्ध भए
आँखा नझिम्क्याई लामो समयसम्म
तपार्इंको त्यो पार्थिव शरीर नियालिरहे
मैले आफूलाई सम्हाल्न खोजे
महसुस गरेँ आज मैले हारेँ,
जीवनमा पहिलो पटक यति धेरै पीडाबोध भयो
किन कि मैले जन्मदिने आमालाई
सदाका लागि गुमाएको थिएँ

मृत्यु सैड्ढयामा तपाईं
परमधामको बाटो अबलम्बन गर्दै गर्दा
सोही बखत, बुवा तपाईंबाट बिदा हुँदै गर्दा,
तपाईंको चीत्कार र बुवाको पत्नीबियोगले
म झनै स्तब्ध भएँ, किंकर्तव्यविमूढ भएँ,
मुटुको धड्कन रोकियो, केही पनि सोच्न सकिनँ,
मेरो मानसपटलमा गुन्जिरहे तपाईका ती आवाजहरू
प्रतिबिम्बित भैरह्यो तपाईको त्यो अनुहार
अनि ती चालहरू
हो म निहत्था थिएँ, लाचार थिएँ
अर्को कुनै विकल्प थिएन मसँग
तपार्इं महाप्रस्थान गर्दै गर्दा
तपार्इं यो धर्तीबाट सदाको लागि बिदा हुँदै गर्दा

प्रकाशित मितिः   २३ आश्विन २०७८, शनिबार ०५:००