भेरोसेलको दोस्रो मात्रा लगाइँदै

कोरोना भाइरस ‐कोभिड–१९) विरुद्धको खोपको दोस्रो मात्रा लगाउन लागिएको छ । वीरेन्द्रनगर नगरपालिकाले यसअघि भेरोसेल भ्याक्सीनको पहिलो मात्रा लगाएकालाई शुक्रवार र शनिवार दोस्रो डोज दिन लागेको हो । खोप नगर अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा लगाइने छ । जारी सूचनाअनुसार असोज १ गतेसम्म भेरोसेलको पहिलो मात्रा लगाई २१ दिन पुगेका व्यक्तिहरूलाई खोप दिइने छ ।

स्वास्थ्य संस्थाबाट बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाइने नगरपालिकाले जनाएको छ । नगरवासीलाई आवश्यक सूचना प्रवाह गर्नका लागि वडामा रहेका स्वास्थ्य स्वयम्सेविकाहरू परिचालन गरिएको छ । खोप लगाउन जाँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मितिः   २२ आश्विन २०७८, शुक्रबार ०५:०५