सुर्खेतमा फेसियल हाउसको शाखा

फेसियल हाउस सुर्खेत सञ्चालनमा आएको छ । काठमाडौंमा लोकप्रिय फेसियल हाउसको शाखा सुर्खेतमा सञ्चालन गरिएको हो । ब्युटिसियन सुष्मा महराले बिहीवार शाखा शुभारम्भ गरेकी हुन् ।

‘फेसियल हाउस सुर्खेत’को सञ्चालन सुर्खेती युवा व्यवसायीहरू विशाल ढकाल, उपेन्द्र खडका, डम्मर गौतम र मानव बमले गरेका हुन् । ४० लाख लगानी गरेर सञ्चालन गरिएको जनाइएको छ । गुणस्तरयुक्त प्रविधि र दक्ष जनशक्तिमार्फत महिला तथा पुरुषका लागि सबैखाले सौन्दर्यसम्बन्धी सेवा दिइने सञ्चालक विशाल ढकालले जानकारी दिए । साथै बेरोजगार युवालाई तालिम समेत दिने उनले जानकारी दिए ।

शाखाबाट हेयरकटिङ्ग, कलरिङ्ग, टाटु रिमूभर लेजर मेसिन, हेयर, ब्यूटि र स्किन केयर मेसिन, कृतिम परेला प्रत्यारोपण, जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेड लक, मेडिकेयर, पेडिकेयर जस्ता नयाँ पुस्तामा प्रचलित विभिध प्रकारका प्रविधिहरू उपलब्ध हुँने छन् ।

प्रकाशित मितिः   २२ आश्विन २०७८, शुक्रबार ०५:०४