कर्णाली मल उद्घाटन

वीरेन्द्रनगरमा सञ्चालित कर्णाली मलको औपचारिक उद्घाटन गरिएको छ । केही समयअघिदेखि नै सञ्चालनमा ल्याइएको भए पनि बिहीवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रूपमा मल उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री शाहीले कर्णालीमै पहिलो पटक मल सञ्चालनमा आउनुले कर्णालीको व्यावसायिक विकासमा इट्टा थपिएको धारणा राखे । व्यावसायिक विकासविना आर्थिक समृद्धि सम्भव नहुने भन्दै उनले सरकारले पनि औद्योगिक र व्यावसायिक विकासमा विशेष जोड दिने बताए ।

कर्णाली मलका सञ्चालक भरतप्रसाद ढकालले पैसा कमाउने उद्देश्यले मात्र नभइ कर्णालीमा व्यवसायमा नविनतम् सुरुवातका लागि जोखिम मोलेर लगानी गरेको बताए । सुपथ मूल्यमा उपभोक्ताहरूलाई सामान उपलब्ध गराउने प्रतिबद्धता समेत जनाए । यस्तै मलका प्रबन्ध निर्देशक सुशील शर्माले दशैँ–तिहार लगायतका चाडपर्वको अवसरमा हरेक सामानमा दश प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी दिए ।

प्रकाशित मितिः   २२ आश्विन २०७८, शुक्रबार ०५:०३