शिक्षासम्बन्धी कार्यशाला
वीरेन्द्रनगरमा शिक्षासम्बन्धी कार्यशाला सुरू भएको छ । सेमेस्टरमा मूल्याङ्कन र शिक्षण विधिबारे बिहीवारदेखि राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । कार्यशालामा सहभागी सरोकारवालाले हाल विश्वपरिवेशमा नै सेमेस्टर प्रणाली आवश्यक रहेको औल्याउँदै शिक्षकहरूलाई मेहेनत गरेरसिकाइ गतिविधि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । त्रिभूवन विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा सुर्खेत मोडेल कलेजको आयोजनामा भएको कार्यशालामा सेमेस्टर प्रणाली विद्यार्थीहरूको हितमा रहेको शिक्षा क्षेत्रका जानकारहरूले बताएका हुन् ।
कार्यशालाको उद्घाटनमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, कार्यकारी परिषद्का सदस्य महानन्द चालिसे, सुर्खेत मोडेल कलेजका अध्यक्ष पशुराम खड्कालगायतको उपस्थिति थियो । त्रिभुवन विशवविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. शर्माले सेमेस्टर प्रणाली चुनौतीका बाबजुद पनि प्रभावकारी बन्दै गएको बताए । कार्यशालामा कर्णालीसहित लुम्बनी र सुदूर–पश्चिम प्रदेशका विभिन्न क्याम्पसहरूका शिक्षक तथा प्राध्यापकहरू सहभागी छन् । सुर्खेत मोडेल कलेजका क्याम्पस प्रमुख गणेश आचार्यका अनुसार कार्यशाला तीनसम्म सञ्चालन हुनेछ ।
प्रकाशित मितिः २२ आश्विन २०७८, शुक्रबार ०५:०१
साझा बिसौनी ।