६ स्वर्णसहित सुर्खेत तृतीय

बाँकेको कोहलपुरमा सम्पन्न प्रथम बन्धु खुला राष्ट्रिय कराँते प्रतियोगितामा सुर्खेतले तृतीय स्थान हासिल गरेको छ । सुर्खेतका खेलाडीले ६ स्वर्ण, तीन रजत र नौ कास्य पदक जितेका छन् ।

अन्जना शाही, निरुता कोइराला, नविन शाही, आरती शाही, लोकेन्द्र घर्ती र निशान खड्काले स्वर्ण पदक हात पारेका हुन् । त्यस्तै, सन्दिप महत, सीता नेपाली र नरबहादुर शाहीले रजत पदक पाएका छन् । कास्य पदक विजेतामा नेहा थापा, उमा सारु, टीका कठायत, सन्ध्या लामिछाने, निशान्त आले, विनयकुमार चन्द, कौसल सोती, सन्तोष सिंह र रोहित गिरी रहेका छन् ।

नेपाल गोजु–रियो कराँते दो संघ जिल्ला कार्यसमिति सुर्खेतका सचिव जगतप्रसाद रिजालका अनुसार प्रतियोगिता यही असोज १५ र १६ गते सञ्चालन भएको थियो । उक्त राष्ट्रिय खेलमा जिल्ला कार्यसमितिका पदाधिकारीसँगै प्रमुख प्रशिक्षक प्रकाश खड्का, डम्बर शाही र खेलाडी व्यवस्थापक सन्तोष सिंह पनि सहभागि थिए ।

प्रकाशित मितिः   २१ आश्विन २०७८, बिहीबार ०५:००