चिसापानीमा वृक्षारोपण

वीरेन्द्रनगर–५ चिसापनीमा वृक्षारोपण गरिएको छ । यूएसएआईडीको सहयोगमा सञ्चालित विपद् जोखिम व्यवस्थापन परियोजना अन्तर्गत वडा नं. ५ को समन्वयमा रामजानकी सामुदायिक वन उपभोक्ता समूहमा वृक्षारोपण गरिएको हो ।

वातावरण सुधार समाज सुर्खेतको आयोजनामा परम्परागत जैविक अभियन्त्रण प्रदर्शनीस्थल अन्तर्गत वृक्षारोपण कार्यक्रममा टाँकी, कोइराला, रिठ्ठा, चिउरी, तेजपत्ता, मेन्डला, बकाईनो र अशोक जातका दुई सय बोट रोपिएको हो । उक्त कार्यक्रममा वीरेन्द्रनगर–५ का वडाअध्यक्ष राजबहादुर गुरुङ्ग, नगरपालिकाका कर्मचारी यामलाल गिरी, सामुदायिक वनका अध्यक्ष जगत भण्डारी, वातावरण सुधार समाजका कार्यक्रम अधिकृत जगतकुमार केसीसहितको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १९ आश्विन २०७८, मंगलवार ०५:०१