निगरानीमा यातायात
चाडपर्वको समयमा स्थानीय प्रशासनले सार्वजनिक यातायातमाथिको निगरानी बढाउने भएको छ । यसका लागि संयुक्त अनुगमन टोली बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, यातायात व्यवस्था कार्यालय र जिल्लास्थित यातायात व्यवसायी संघहरूका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले यातायात सञ्चालन प्रर्णालीलाई व्यवस्थित गराउन अनुगमन बढाउने भएको हो ।
चाडपर्वका बेला सवारी साधनमा यात्रुको चापसँगै कोरोना संक्रमणको जोखिम बढी हुने भएकाले स्वास्थ्य मापदण्ड पालना गराउन पनि पहल गरिने भएको छ । यसबारेमा प्रशासनले यातायात व्यवसायीहरूसँग छलफल गरेको छ । बैठकले सवारी साधनमा यात्रा गर्दा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गराउने, ट्राफिक प्रहरीको नेतृत्वमा मादक पदार्थ सेवनको चेकजाचलाई तीव्रता दिने, यात्रुहरूको बढी भिडभाड हुने बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष राख्ने लगायतका निर्णय गरेको छ । त्यस्तै यात्रु चापको तुलनामा सवारी साधनकाने संख्या कम भए सवारी थप्ने व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।
प्रकाशित मितिः १९ आश्विन २०७८, मंगलवार ०५:०२
साझा बिसौनी ।