महोत्सवमा आज : प्रमोद खरेलदेखि रामजी खाँडसम्म

prसुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा हिजोदेखि शुरु भएको कर्णाली एक्सपो अन्तर्राष्टिय व्यापार मेलामा आज चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थिति हुने भएको छ ।

महोत्सवको तेस्रो दिन आज चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने सांस्कृतिक संयोजक हरि विष्टले जानकारी दिए । आजको प्रस्तुतीमा प्रमोद खरेल, रामजी खाँड, मिलन अमात्य र रश्मी तामांगलगायतको प्रस्तुती रहने जनाइएको छ ।

‘म बिना कसै कसैलाई मुश्किल छ पोखरामा’ बोलको गीतबाट चर्चामा पुगेका गायक खरेलका पछिल्लो समय ‘झुमा झुम्कावाला’, ‘हंगामा भोल’लगायतका पप आधुनिक शैलीका गीत निकै चर्चित मानिन्छन ।

यस्तै लोकदोहोरी गायक खाँडका ‘फूल फुलेर पहेंलै भयो’, ‘छल छल पानी’, ‘दामी देखिन्छ’ बोलका लगायत गीत लोकगीतका पारखी युवापुस्ता माझ हिटमा दरिन्छन ।

त्यसैगरी रश्मी तामांग पछिल्लो समयकी चर्चित नृत्यङ्गना हुन् ।