एसईईको आवेदन फाराम खुला

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कक्षा– १० (एसईई) २०७९ मा समावेश हुनका लागि रजिष्ट्रेशन फारम र परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ ।

बोर्डले सूचना जारी गर्दै यस शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरूले २०७८ सालको नियमित एसईई परीक्षामा समावेश हुनका लागि कक्षा दशमा अध्ययनरत विद्यार्थीहरूले रजिष्ट्रेशन फाराम भर्न पाउने भएका छन् । २०७८ असोज १५ देखि कार्तिक मसान्तभित्र भर्ने कार्यका लागि विद्यार्थी, विद्यालय, स्थानीय पालिकाको शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय तथा प्रदेशका शिक्षा विकास निर्देशनालयलाई सुचित गरेको हो ।

विद्यालयहरूमा हाल १० कक्षामा अध्ययनरत साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीहरूका लागि सबैमा अनिवार्य विषयमा ‘डी’ प्लस ल्याएर निम्न माध्यमिक शिक्षा उत्तीर्ण गरेको प्रमाण–पत्र र जन्मदता प्रमाण–पत्र प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपिसँगै विद्यालय पोशाकमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो निदिष्ट स्थानमा टासी २०७८ कार्तिक मसान्तभित्र आफू अध्ययनरत विद्यालयमार्फत फाराम भरी बुझाई सक्नुपर्ने बोर्डले जनाएको छ ।

प्रकाशित मितिः   १६ आश्विन २०७८, शनिबार ०५:०३