टोल सरसफाइ अभियान

वीरेन्द्रनगर नगरभित्रका टोलटोलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । नगरलाई सुन्दर र सफा बनाउने उद्देश्यले केही दिन अघिदेखि सरसफाइ अभियान थालिएको हो । वीरेन्द्रनगर नगरपालिका, यूएनडिपी र अन्तरनिर्भर समाज सुर्खेतको सझोदारीमा हरित पुनर्उत्थान परियोजना अन्र्तगत टोल टोलमा सरसफाइका गतिविधि भइरहेका हुन् ।

शुक्रवार वडा कार्यालयको नेतृत्वमा वडा–८ का विभन्नि स्थानमा सरसफाइ गरिएको छ । घरघरमा गएर सरसफाइसम्बन्धी सचेतना जगाउनुका साथै सडकमा रहेको फोहोर व्यवस्थापन गर्ने गरिएको अन्तरनिर्भर समाजका कार्यक्रम व्यवस्थापक विवेक शाहीले बताए । नगरपालिकालाई सुन्दर नगर बनाउन सहयोग पु¥याउने उद्देश्यले टोल–टोलमा अभियान चलाइएको उनको भनाइ छ । उक्त अभियानका लागि स्वयम्सेवक १० र सरसफाइ अभियानकर्ता ३० जनाको सहभागिता रहने गरेको छ । त्योसँगै अन्य अभियान्ता, टोलबासीहरू र जनप्रतिनिधिहरूले सरसफाइलाई निरन्तरता दिएका छन् ।

‘यो अभियान सधैँ हामीले गर्ने भन्ने होइन । सन्देश दिनलाई यसो गरिएको हो,’ शाहीले भने, ‘आफ्नो आँगनको र टोलको सरसफाइका लागि प्रत्येक व्यक्ति सचेत हुनुपर्छ ।’ अभियान अन्तर्गत घरको फोहोर छुट्टाउने र कुहिने फोहोरको घरमै कम्पोष्ट मल बनाउन प्रेरित गरिएको उनी बताउँछन् । नगरपालिकाका सबै वडामा समन्वय गरेर टोल–टोलमा अभियानलाई निरन्तर दिइने उनले जनाए ।

प्रकाशित मितिः   १६ आश्विन २०७८, शनिबार ०५:०१