साना किसानको साधारण सभा

वीरेन्द्रनगर–३ मा रहेको साना किसान कृषि सहकारी संस्थाले २५औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाको वार्षिक साधारण सभा शुक्रवार भएको हो । साधारण सभाको अवसरमा संस्थाको वार्षिक प्रगति र आय–व्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त सहकारीले आर्थिक वर्ष २०७७÷०७८ मा ३८ करोड ६ लाख ७४ हजार तीन सय ८० रूपैयाँ कारोबार गरेको छ ।

यस्तै, आगामी वर्षका लागि ४७ करोड १७ लाख ३३ हजार दुई सय तीन रूपैयाँको प्रस्तावित आय–व्यय सार्वजनिक गरिएको छ । सहकारीले संस्थाले उन्नत धान, गहुुँको बिउ उत्पादन तथा बिक्री गर्दै आएको छ । तरकारी खेतीसँगै व्यावसायिक भैसी पालन तथा कृषि औजारको प्रयोगमा जोड दिँदै सहकारीले सदस्यलाई सुपथ मूूल्यमा अनुदान दिइरहेको छ । चालु आर्थिक वर्षमा दुग्घ डेरी सञ्चालन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

साधारण सभामा संस्थाका अध्यक्ष चाँदनी ढकालले वार्षिक प्रगति प्रतिवेदन पेस गरेकी थिइन् । सभामा साना किसान विकास लघुुवित्त वित्तीय संस्थाका प्रबन्धक राजेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए । संस्थाले साधारण सभाबाट नयाँ कार्यसमित पनि चयन गरेको छ । ढकालकै अध्यक्षतामा ११ सदस्ययी कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

प्रकाशित मितिः   १६ आश्विन २०७८, शनिबार ०५:००