बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय–पत्र दिइने

सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र दिइने भएको छ । सुर्खेतका बेपत्ता व्यक्तिका परिवारले यही असोज १७ गते परिचय पत्र पाउने भएका हुन । जिल्लाका ५६ पीडित परिवारलाई परिचय पत्र वितरणको तयारी भएको हो । त्यसका लागि आयोगको टोली सुर्खेत आउँदै छ ।

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सदस्यसहितको टोलीले पीडित परिवारलाई परिचय पत्र उपलब्ध गराउन लागेको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत यस्तो जानकारी दिएको हो । जारी सूचनाअनुसार आयोगमा परेका उजुरीको लिस्टमा नाम समावेश भएका पीडित परिवारका व्यक्तिहरूले जिल्ला प्रशासन कार्यालय पुगेर परिचय पत्र लिनुपर्ने छ । प्रशासन कार्यालयले बेपत्ता व्यक्ति र परिचय पत्र पाउने उनका बुवा आमाको नामावली विवरण समेत सार्वजनिक गरेको छ ।

प्रकाशित मितिः   १३ आश्विन २०७८, बुधबार १०:५७