सुर्खेतका चार कुस्ती खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनौट

पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतका चार जना कुस्ती खेलाडी छनौट हुन सफल भएका छन् ।

आज वीरेन्द्रनगरमा सम्पन्न मध्यपश्चिमाञ्चल क्षेत्रीय छनौट प्रतियोगितामा प्रथम हुँदै उनीहरु राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएका हुन् ।

विभिन्न तौल समूहमा प्रथम हुँदै सुर्खेतका निर्मल बिष्ट, सिंहराज रावत, दिपक बुढा र सोनाम रावत छनौट भएको कुस्ती संघ सुर्खेतका अध्यक्ष गगनसिंह ठकुरीले जानकारी दिए ।

प्रकाशित मितिः   २४ मंसिर २०७३, शुक्रबार १३:१४