महोत्सवमा कुन-कुन राष्ट्रिय कलाकार आउँदैछन् आज ?

सुर्खेतमा सञ्चालित कर्णाली एक्सपो २०१६, अन्तर्राष्टिय व्यापार मेलाको दोस्रो दिन आज आधा दर्जन राष्ट्रिय कलाकारहरुले सांगीतिक प्रस्तुती दिने भएका छन् ।

आज चर्चित गायक एवम् संगीतकार मनोजराज, चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी, चर्चित लोकगायक विमलराज क्षेत्री, चन्द्र शर्मा लगायतले आफ्ना प्रस्तुती राख्नेछन् ।

त्यसैगरी सुर्खेतकै गायक शिव संगीत र हास्यकलाकार दिनेश काफ्लेले पनि आज आफ्ना प्रस्तुती राख्ने मेलाका सांस्कृतिक संयोजक हरी विष्टले जानकारी दिए ।

दश दिनसम्म सञ्चालन हुने मेलामा थुप्रै चर्चित कलाकाहरु आउने उनले जनाए ।

प्रकाशित मितिः   २४ मंसिर २०७३, शुक्रबार १३:०३