पौरखीको अध्यक्षमा थापा

 

पौरखी बचत तथा ऋण सहकारी संस्था, वीरेन्द्रनगर–१ सुर्खेतको अध्यक्षमा पदमबहादुर थापा चयन भएका छन् । संस्थाको ११औं वार्षिक साधारण सभाले थापाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

सञ्चालक समितिको उपाध्यक्षमा खड्कबहादुर तारामी मगर, सचिवमा दिलमाया दर्लामी, कोषाध्यक्षमा होलिसरा दर्लामी छन् भने सदस्यहरूमा अनिलकुमार सारु, चक्रबहादुर गन्द्रमा र लक्ष्मी तारामी निर्वाचित भएका छन् । यस्तै लेखा समितिको संयोजकमा लक्ष्मी दर्लामी बुढा तथा सदस्यहरूमा पवित्रा थापा र खड्कबहादुर मन्दिर चयन भएका छन् ।

कोरोना महामारीको जोखिमका कारण समूहगत रूपमा साधारणसभा सञ्चालन गरिएको थियो । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा चार करोड ९४ लाख ५४ हजार सात सय २७ रूपैयाँ बराबरको कारोबार गरेको वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभा उद्घाटनका क्रममा संस्थाका सल्लाहकार छविलाल सलामी मगरले सहकारीको कारोवारलाई व्यावसायिक रूपमा अगाडी बढाउन आवश्यक रहको बताए । अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै उनले सहकारीको मर्म र भूमिकालाई देशको अर्थतन्त्रसँग जोड्न नसक्दा सहकारीको बदनाम भइरहेको समेत उल्लेख गरे । सभाले सहकारीको प्रगति प्रतिवेदन अनुमोदन गर्नुका साथै प्रस्तावित कार्यक्रमहरूलाई छलफलसहित पारित गरेको छ ।

प्रकाशित मितिः   ८ आश्विन २०७८, शुक्रबार ०५:००