एक हजार संक्रमित थपिए

सोमवार देशभर एक हजार ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार आठ सय १७ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

१० हजार सात सय ८७ जनाको पीसीआर र तीन हजार ३१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा एक हजार ९५ जनामा संक्रमण भेटिएको छ ।

सोही अवधिमा कर्णाली प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।सोमवार नै देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ५ आश्विन २०७८, मंगलवार ०५:००