राप्रपाको एकीकरण भेला, नेतृत्वका लागि जुटेन सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेत जिल्ला समितिको एकीकरणका लागि आयोजना गरिएको भेला नेतृत्व चयन गर्न नसकेर सकिएको छ । एकीकरणपछि कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि एकीकरणविना नै भेला सकिएको हो । यद्यपि सहमतिका लागि आज (शुक्रवार) छलफल हुने जनाइएको छ ।

राप्रपा नेपालका अध्यक्ष मानबहादुर खड्का र राप्रपाका अध्यक्ष कविराम पुरी दुवै जनाले एकीकरणपछिको नेतृत्वको लागि दाबी गरेका छन् । दुवै जना पछि नहटेपछि सहमति हुन सकेन । अध्यक्षमा नै सहमति नभए पनि अन्य पदमा पनि टुङ्गो लाग्न नसकेको राप्रपाका अध्यक्ष कविराम पुरीले जानकारी

दिए । उनका अनुसार अध्यक्षमा सहमति भएपछि अन्य पदमा समस्या नरहेको बताए । गाउँ र क्षेत्रमा एकीकरण गरिसकेपछि बिहीवार जिल्लाको एकीकरण भेला आयोजना गरिएको थियो । तर दुवै पार्टीका वर्तमान अध्यक्षले आगमी नेतृत्वका लागि दावी गरेका छन् । शुक्रवार पनि सहमति नजुटे केन्द्रले निर्णय गर्ने जनाइएको छ । दुवै राप्रपाको केन्द्रमा पार्टी एकीकरण भइसकेपछि जिल्लामा एकीकरण अभियान चलिरहेको छ ।