शर्मालाई सर्वोत्कृष्ट पुरस्कार

कर्णाली प्रदेश कार्यालय सुर्खेतमा कार्यरत प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश प्रहरी कार्यालयले शर्मालाई साउन महिनाको सर्वोत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको हो । बर्दियास्थित ईलाका प्रहरी कार्यालय जयनगर दरबन्दी भएका शर्मा हाल कर्णाली प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् ।

नेपाल प्रहरीको विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गरी व्यवसायिक र कर्तव्यनिष्ठ रूपमा कार्यसम्पादन गरेको भन्दै शर्मालाई उक्त पुरस्कार दिइएको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार उनले अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएका छन् । कार्यालयको मातहत रहेका जिल्लाहरूमा समेत अपराध नियन्त्रण, लागू औषध बरामद र फरार प्रतिवादी पक्राउ गर्ने कार्यमा उनले महŒवपूर्ण भूमिका खेलेको जनाइएको छ ।

प्रकाशित मितिः   २ आश्विन २०७८, शनिबार ०५:००