युवा अभिमुखीकरण

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ फागुन ।
जिल्ला खेलकुद विकास समिति सुर्खेत अन्तर्गतको नमुना सूचना केन्द्रको आयोजना र एकता फाउण्डेशनको समन्वयमा एक दिने युवा अभिमुखीकरण कार्यक्रम शुक्रवार लेखफर्सामा सम्पन्न भएको छ । 
अभिमुखीकरणमा युवा नीति तथा सूचनाको हकका बारेमा सहभागीहरूलाई जानकारी गराइएको सूचना केन्द्रका प्राविधिक सहायक चित्रानन्द तिवारीले जानकारी दिए । उनका अनुसार कार्यक्रम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्रकुमार गिरीको सभापतित्व तथा जिल्ला विकास समिति सुर्खेतका टंक लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
प्रकाशित मितिः   २९ फाल्गुन २०७२, शनिबार ११:१७