सिद्धपाइला बन्यो तेस्रो
सुर्खेत, २८ फागुन । (साबिस)
बावियाचौर स्पोर्टस् क्लबलाई पराजित गर्दै सिद्धपाइला स्पोर्टस् क्लब जिल्लास्तरीय लिग फुटबल प्रतियोगिताको तेस्रो हुन सफल भएको छ । शुक्रवार तेस्रो र चौथो स्थानका लागि भएको खेलमा सिद्धपाइलाले बावियाचौरलाई ५–४ ले पराजित ग¥यो ।
पहिलो हाफमा ४–३ ले अघि रहेको बावियाचौर दोस्रो हाफमा त्यसलाई जोगाउन नसक्दा चौथो स्थानमा सीमित हुन पुग्यो । खेल सुरु भएको १० मिनेटमा नै किरण तारामीले गोल गरी बावियाचौरलाई अग्रता दिलाएका थिए । तर १४ औं मिनेटमा सुरेन्द्र रावलले गोल गरी खेललाई १–१ को बराबरीमा ल्याए । त्यसको दुई मिनेट बित्न नपाउँदै १६ औं मिनेटमा सुजन मर्साङ्गीले गोल गरी बावियाचौरलाई २–१ को स्थितिमा पु¥याए पनि २३ औं मिनेटमा सिद्धपाइलाका क्याप्टेन विकल्प पण्डितले गोल गर्दै खेललाई पुनः बराबरीमा पु¥याए । लगत्तै २६ औं मिनेटमा पुनः किरण तारामीले गोल गरी ३–२ को अग्रता दिलाएका थिए भने ४० औं मिनेटमा सिद्धपाइलाका दिपेन्द्र थापाले गोल गरी खेललाई ३–३ को बराबरी बनाए । तर ४१ औं मिनेटमा नै कमानसिंह सार्कीले गोल गरी पहिलो हाफमा बावियाचौरलाई ४–३ को अग्रता दिलाउन सफल भए । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा सिद्धपाइलाले २ गोल थपेर नतिजा आफ्नो पोल्टामा पा¥यो । उसका लागि ६१ औं मिनेटमा क्याप्टेन पण्डित र ८५ औं मिनेटमा हेमन्त थापाले एक÷एक गोल गरी टिमको जीत सुनिश्चित गरेका थिए । सिद्धपाइला वीरेन्द्रनगर स्पोर्टस् क्लबसँग पराजित भइ फाइनल पुग्नबाट वञ्चित भएको थियो भने बावियाचौरलाई साथी खोर्के युवा क्लबले सेमिफाइनलमा नै रोकिदिएको थियो । प्रतियोगिताको फाइनल खेल आज(शनिवार) वीरेन्द्रनगर रंगशालामा हुने सुर्खेत जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेल दिउँसो साढे ३ बजे हुनेछ । साविक विजेता वीरेन्द्रनगर स्पोर्टस् क्लब र साथी खोर्के युवा क्लब उपाधिका लागि भिड्नेछन् ।
साझा बिसौनी संवाददाता ।