सक्रिय संक्रमित ६ सय नाघे

कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ सय बढी पुगेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शनिवारसम्म ६ सय १९ जना कोरोनाका सक्रिय संक्रमितको संख्या रहेको हो । शनिवार थप ७० जना संक्रमित थपिएका छन् ।

निर्देशनालयले दिएको जानकारी अनुसार सुर्खेतमा दुई सय ४८, जुम्लामा एक सय १९, कालीकोटमा ३७, सल्यानमा २४, रुकुमपश्चिममा १७, जाजरकोटमा १६ र दैलेखमा पाँच जना सक्रिय संक्रमित छन् । कर्णाली प्रदेशमा हालसम्म ३२ हजार सात सय ६७ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये ३० हजार पाँच सय ८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । शनिवार थप ३५ जना कोरोना संक्रमणमुक्त भएका हुन । कर्णालीमा हालसम्म कोरोना संक्रमणका कारण तीन सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै नेपालमा शनिवारसम्म ३१ हजार आठ सय २६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सोमवार थप एक हजार दुई सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नौ हजार आठ सय ७५ जनाको नमूना परीक्षण गर्दा एक हजार दुई सय ६८ जनामा कोरोना संक्रमण पुुष्टी भएको हो । हालसम्म देशभर आठ लाख ५३ हजार दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । थप दुई हजार एक सय ९५ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या सात लाख २५ हजार ६ सय ५१ जना पुगेको छ । नेपालमा हालसम्म १० हजार आठ सय १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मितिः   २० भाद्र २०७८, आईतवार ०५:०४