थप ५९ जनामा कोरोना

कर्णाली प्रदेशका थप ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणमा ३० जना र रेपिड–एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सँगै कर्णालीमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ९२ पुगेको छ । हालसम्म प्रदेशभर ३२ हजार ६ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

थप ५५ जना भने संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म प्रदेशभर संक्रमणमुक्त हुनेहरूको संख्या ३० हजार पाँच सय ४७ पुगेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका अनुसार शुक्रवार भने कर्णालीमा कोरोनाका कारण कसैले ज्यान गुमाउनु परेन । यसअघि प्रदेशका तीन सय ७० जनाले भने कोरोना भाइरस संक्रमणको कारण ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मितिः   १९ भाद्र २०७८, शनिबार ०५:०३