९५ जना कोरोना संक्रमित थपिए

 

कर्णाली प्रदेशमा ९५ जना कोरोना संक्रमित थपिएका छन् । बिहीवार तीन सय ४९ जनामा परीक्षण गर्दा ९५ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले दिएको जानकारी अनुसार जुम्लामा ४५ जना, कालीकोट र सुर्खेतमा १५÷१५ जना, रुकुम–पश्चिम र जाजरकोटमा चार÷चार, सल्यानमा तीन, दैलेखमा एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेशमा सक्रिय संक्रमितको संख्या नौ सय ९६ पुगेको छ । हालसम्म प्रदेशमा कोरोना संक्रमणका कारण तीन सय ७० जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितमध्ये ६ जनालाई आईसीयूमा राखेर र पाँच जनालाई भेन्टीलेटरमा उपचार भइरहेको छ । बिहीवार एक सय चार जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ३० हजार चार सय ९२ पुगेको छ ।

यस्तै नेपालमा एक हजार छ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर १४ हजार छ सय ५० जनाको परीक्षण गर्दा एक हजार छ सय १९ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थप एक हजार आठ सय ४६ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९४ दशमलव १६ प्रतिशत पुगेको छ । नेपालमा हालसम्म १० हजार सात सय ८६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको छ । संक्रमित रहेका छन्  ।

प्रकाशित मितिः   १८ भाद्र २०७८, शुक्रबार ०५:०१