किसानलाई बिरुवा वितरण

किसानहरूलाई उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको छ । कर्णाली प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा सुर्खेतको भेरीगंगा नगरपालिकाका किसानलाई बिरुवा वितरण गरिएको हो । यही भदौ २२ गते परेको १८औं निजामती सेवा दिवसको अवसर पारेर मंगलवार किसानलाई बिरुवा हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । भेरीगंगा–२ सनिमोर क्षेत्रका किसानहरूलाई एक हजार दुई सय २० वटा आप, अम्बा र लिचीलगायतका बिरुवा दिइएको छ ।

फलफूल खेतीमार्फत आय–आर्जन वृद्धि गर्न उत्प्रेरणा जगाउने उद्देश्यले सो क्षेत्रका किसानहरूलाई बिरुवा वितरण गरिएको मन्त्रालयका खाद्य सुरक्षा प्रवद्र्धन शाखाका अधिकृत मुना पहाडीले जानकारी दिइन् । उक्त बिरुवा हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आनन्द सारु, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायलगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा फलफूल खेतीको महŒव र खेती प्रविधिको बारेमा पनि जानकारी गराइएको थियो ।

प्रकाशित मितिः   १६ भाद्र २०७८, बुधबार ०५:०३