जातीय द्वन्द्वको बाछिटा

पृथ्वीबहादुर सिंह

हुन त मानव वेत्ताहरूले पृथ्वीमा मानवका चार प्रजाति छन् भनी लेखेका छन् । तर मलाई लाग्छ, मानिस एउटै प्रजातिको हो । हावापानी र खानपान अनुसार रूपरङ्ग फरक भएको मात्रै हो । जङ्गली अवस्थाबाट कृषियुग आरम्भ हुँदा कविला युगलाई नै प्राचिन साम्यवाद भनिएको थियो । त्यो युगमा विभिन्न धर्म उत्पादन भएको थिएन । मानिसहरू हत्या–हिंसा नगरी सत्यको बाटोमा हिँडून् भनेर मानवले नै धार्मिक भनिने नीति प्रतिपादन गरेका हुन् ।

त्यो समयमा आजजस्तो द्रुत गतिको सञ्चार थिएन । त्यसकारण पनि नीतिलाई पालना गरेर समाज अगाडि बढोस् भनि संस्कृति–संस्कारको विकास गरिएको थियो । केही समयपछि ति कविला राजा–पुरोहित मिलेर तिनै नीतिमा बसिरहेको समाजलाई विभिन्न प्रकारले राजनीतिक, धार्मिक, जातीय शोषण, कर्मको शोषण, बौद्धिक शोषण गर्न विधि तयार गरी लागू गरियो । जातीय, धार्मिक राज्य चलाउन युवा संगठित गरी एक कविला राज्यले अर्का कविला राज्यमा हमला गर्ने र पराजित मानिसहरूलाई दास बनाउने गर्दथे । त्यही धर्ममा अनेकौ थप कथेर राजाका भूमि सामन्तले आफ्ना अनुचरहरूलाई विर्ता–दाइजोस्वरूप करको केही भाग दिन थाले । पछि आफ्नै सन्तान राज्य सञ्चालनदेखि जमिन नदिँदा हिन्दुहरूमा द्धापर युगमा महाभारत रामायण युद्घ हुन गएको हो । इतिहास पढ्दा त्यो युगमा एकै प्रकारका जातीत, पारीवारिक युद्घ भएको पाइन्छ ।

महिला मुली चलिरहेको प्राचिन समाजमा पुरुषले उनीहरूको अधिकार छिनेर आफ्नो हातमा लिए । तिनै धार्मिक ग्रन्थमा महिला श्रम शोषण, यौन शोषण गर्न हजारौ रानी राख्न पाउने गरेको इतिहास पाइन्छ । कैयांै प्रजातान्त्रिक गणतान्त्रिक मुलुकहरूमा महिलाले धर्म र कानुनविरुद्घ बन्दुकसमेत उठाएर बन्धन तोडेकी छन् । अल्पविकसित मुलुकहरूमा अहिले पनि हिन्दु धर्ममा बहुविवाह कायम छ । मुस्लिममा पढ्न–लेख्न नपाइने, बुर्का लगाएर घरभित्र बस्नु पर्ने सरिया कानुन लागू छ । हिन्दु–मुस्लिम बाहुल्य भएका देशहरूमा दाइजो प्रथाले महिलाको ज्यान लिने तहसम्मको धार्मिक शोषण छ । यिनै अल्पविकसित मुलुकहरूमा कविला राज्य धर्मको आडमा एक राज्यले अर्काे कविला राज्यमा हमला गरि हटाएर सम्पत्ति लुट्ने, धर्म परिर्वतन गर्ने, क्रिया बदलेर धर्मभिरु राजनेता हुने, प्रजातान्त्रिक अधिकार खोसिने गरेका छन् र अहिले पनि गृह युद्घहरू चलिरहेका छन् । यस्ता युद्घहरूमध्य भर्खर अफगानिस्थानमा मुस्लिम कट्टरपन्थी तालिवान विजय भएको छ ।

कङ्गो, हाइटी, सुडान, इरान, इराक जस्ता मुलुकहरू जातीय चपेटामा छन् । त्यहाँका हजारौँ–लाखौँ नागरिकले मृत्युवरण गर्न बाध्य छन् भने सोही संख्यामा विस्थापित हुन पुगेका छन् । यस्ता युद्घ गराउने शक्ति भने आफूलाई प्रजातन्त्र र गणतन्त्रको मसिहा ठान्ने शक्ति राष्ट्रहरू हुन् । जसले विकसित ज्ञान र प्रविधिले मानव संहार गर्ने अनेकौं हतियार निर्माण गरेका छन् । जातीय अन्धकारमा फसेका अल्पविकसित राष्ट्रहरूको प्राकृतिक तथा मानवीय सम्पत्ति र श्रम लुट्न उद्यत छन् । कहिले हतियार दिएर त कहिले आफ्नै सैनिक हस्तक्षेपमार्फत फाइदा लुटिरहेका छन् ।

अर्कोतर्फ निरंकुश तानाशाहीविरुद्घ लडेर प्रजातन्त्र तथा गणतन्त्र स्थापना गराउन पनि तिनै विकसित मुलुकहरूले हतियार बिक्री गरिरहेका छन् । बहुदलीय प्रजातन्त्र प्राप्तपछि पनि एकलौटी रूपमा शोषण गर्न पाएनन् भने संक्रमणकालीन अवस्थाको फाइदा उठाउने वा कमजोर देशको सत्ता सञ्चालन गरिरहेका पार्टीभित्र विग्रह सिर्जना गर्ने, फुटाउने र आफ्नो इशारामा चल्ने दलालहरूलाई सत्तामा पु¥याएर प्रकृतिक स्रोत र साधनमा कब्जा जमाउँछन् । यसका लागि विकासको लोभ देखाएर अनेक सन्धि र सम्झौता गर्दछन् ।

त्यति गर्दा पनि आफ्नो स्वार्थ पूरा भएन भने धार्मिक द्वन्द्व चर्काउने खेल खेल्न थाल्छन् । त्यही खेलमा २५ वर्ष सोभियत संघ सैनिक हस्तक्षेपको वामपन्थी दलाल सरकार तथा २० वर्ष अमेरिकन प्रजातान्त्रिक दलाल सरकार गरी ४५ वर्षदेखि अफगानिहरूले हत्या÷हिंसाको मार खेपिरहेका छन् । त्यसको बाछिटाहरू नेपालमा पनि पर्न थालेका छन् । पछिल्लो समय रुक्माङ्गत कटुवालहरू सलबलाएका छन् । देशलाई हिन्दु राष्ट्र बनाउने, धर्मनिरपेक्षता संविधानबाट हटाउने चलखेलमा लागिसकेका छन् । मंगोल अर्गनाईजेसनजस्ता संगठन यस्तै स्वार्थका उपज हुन् । जसले पृथक जातिवादी संगठन निर्माण गरिरहेको छ । तराईका पृथक राज्य खोज्ने महन्थ ठाकुर, राजेन्द्र महतोहरूको सक्रियता पनि शंकास्पद छ ।

युगौंदेखि सद्भाव राखेर, सबै धर्मको आस्था बोकेर बसेको शान्तिकामी मुलुक नेपाललाई अब विकासको मार्गमा हिँडाउनुपर्ने छ । प्रजातान्त्रिक नियम र कानुनद्वारा निर्देशित शासन व्यवस्था अपरिहार्य भएको छ । समतामुलक र समानुपातिक विकास नै आजको आवश्यकता हो । हिजो धर्मको नाममा, जातिको नाममा एक नश्ल, धर्म, जातीअनुसार राज्य गर्ने व्यवस्थाको अन्त्य गर्दै सबै जनतालाई राहात पु¥याउनु पर्छ । राज्यले दिनु पर्ने सबैे सुविधा सबै नेपालीलाई बराबर प्रतिस्प्रर्धाबाट उपलब्ध गराउने पद्धतिको विकास गर्ने नेतृत्व देशले खोजेको छ ।

हामी आज सञ्चारमा देख्छौ पश्चिमका विकसित भनिने मुलुकमा नेपालीले हिन्दुका पशुपती नाथ, बौद्घले गुम्बा, मुसलमानले मस्जिद, क्रिस्चियनका ग्रिर्जाघर निर्माण गरि विश्वका प्रवासीहरूले पनि धर्मको आस्था बिसाइरहेका छन् । यौन स्वतन्त्रताको नीति निर्माण गरी महिला हिंसा अन्त्य गरेका छन् । सबै जनलाई शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गरेका छन् । दाइजो, आमाबाबुको सम्पत्ति छोरा–छोरीले लुछाचुडी गर्ने प्रथा व्यवस्थाको अन्त्य गरेकाले ति मुलुकहरूमा गृह युद्घ, धार्मिक द्वन्द्व उठेको देखिँदैन । राज्यले नीति–नियम मिचेमा वा कुनै प्रकारको अन्याय–अत्याचार गरेपछि वा नयाँ मागदाबी गर्दा मौन जुलुस, प्लेकार्ड लिएर सामाजिक सञ्जालमा विरोध जनाए तत्काल सुधार गर्छन् । गलत काम गरे वा राष्ट्रलाई क्षति पु¥याउने काम गरे त्यसको आम जनताबाट विरोध भए पदबाट रानीनामा दिन्छन् । हाम्रो त अहिलेसम्म पदमा टाँसिरहने सामन्ती संस्कार कायम छ । निरंकुश शासक बन्ने सोच प्रायः सबै पार्टीभित्र विद्यमान छ । यस्तो चालाले बहुदलीय प्रजातान्त्रिक संघीय गणतन्त्र बच्दैन । संविधान संकटमा पर्दछ । बहुदलीय प्रजातान्त्रिक अभ्यासलाई आत्मसाथ गर्नुपर्दछ । प्रधानमन्त्री हुने, सत्तास्वार्थका लागि पार्टी टुœयाउने अध्यादेश ल्याउने विकृतिको अन्त्य गरिनुपर्दछ । नेतृत्वले गलत गर्दा कार्यकर्ताले प्रश्न गर्ने र सही मार्गनिर्देशन गर्ने हिम्मत राख्नुपर्दछ । नेतृत्वले जे गर्छ, त्यसमै ताल मिलाएर नाँच्ने जमात नै मुलुकका लागि घातक हुन् । नत्र तालीवानीले कब्जा गरेपछि अफगानिस्थानका राष्ट्रपति अब्दुल घानीे भागेर युएई पुगे । त्यही अवस्था नेपालमा नआउला भन्न सकिँदैन । अल्पविकसित मुलुकमा जातीय दुन्द किन चल्छन् ? त्यसको अन्तर्यमा पुगेर बुझ्न सकिएन भने भविष्य संकटउन्मुख छ ।

प्रकाशित मितिः   १२ भाद्र २०७८, शनिबार ०५:००