सुर्खेतमा मंगलादेविको सम्झना

नेपाल महिला संघका नेतृहरूले संस्थापक सभापति स्वर्गीय मंगलादेवि सिंहको २५औं स्मृति दिवसको अवसरमा उनले गरेको योगदानबारे चर्चा गरेका छन् । बिहीवार नेपाल महिला संघ सुर्खेतले आयोजना गरेको कार्यक्रममा सिंहले महिला संघ विस्तारमा पु¥याएको योगदानको सम्झना गरे । सिंहका विचार अहिले पनि उत्तिकै सान्दर्भिक र संगठनप्रतिको लगाव प्रेरणाको स्रोतका रूपमा रहिरहेको नेतृहरूलले बताए ।

कार्यक्रममा नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरीले संगठन विस्तारमा महŒवपूर्ण योगदान गरेको र छोटो समयमा नै सफल नेतृत्व गरेको भन्दै सिंहको सम्झना गरिन् । नेतृ सिंहले आफु मात्रै नभएर श्रीमान् गणेशमान सिंहलाई समेत सफल नेतृत्वको उचाईमा पु¥याएको उल्लेख गरिन् ।

त्यस्तै, नेतृ गिरीले नजिकिँदै गरेको पार्टीको १४औं महाधिवेशन हुने नहुनेबारे अझै दुविधा रहनु दुखद् भएको बताइन् । ‘पार्टीको क्रियाशील सदस्यता वितरणमा विभेद भएको छ । लामो समय योगदान गरेकाले पनि सदस्यता पाउने अवस्था छैन,’ उनले भनिन्, ‘यसतर्फ शीर्ष नेतृत्व गम्भीर बन्न जरुरी छ ।’ उनले महिलाहरूले नेतृत्वका लागि सशक्त दाबी गर्नुपर्ने आवश्यकता रहेको समेत औंल्याइन् । क्रियाशील सदस्य प्राप्त गरेका महिलाहरू नेतृत्वका लागि डटेर महाधिवेशनमा लाग्ने बताइन् ।

सोही कार्यक्रममा बोल्दै जिल्ला कार्यसमिति सदस्य कृतिराज जोशीले स्वर्गीय सिंहले संगठन विस्तारमा महŒवपूर्ण योगदान गरेको बताइन् । साहसिक र अग्रणी महिलाको रूपमा उनले पार्टीमा गरेको योगदानलाई संगठनले सधैँ सम्झिरहने जोशीको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य गजराज जोशी, क्षेत्रीय सचिव गणेश पन्त, जिल्ला समन्वय समिति सुर्खेतका सदस्य रम्मा विसी र पूर्णा चालिसे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ११ भाद्र २०७८, शुक्रबार ०५:०१