ज्येष्ठ नागरिकलाई कोभिशिल्डको दोस्रो मात्रा दिइने

सुर्खेतमा यही साउन २८ र २९ गते खोप लगाइँदै

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको दोस्रो डोज पर्खिरहेका ज्येष्ठ नागरिकलाई २८ साउनदेखि खोप दिइने भएको छ । पहिलो डोज कोभिशिल्ड लगाएका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा अस्ट्राजेनिका खोप लगाउन लागिएको हो ।

झन्डै ६ महिनादेखि दोस्रो मात्राको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई अब अस्ट्राजेनिका खोप दिने तयारी भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । उक्त खोप सुर्खेतमा २८ र २९ गते दिइने छ । जनस्वास्थ्य कार्यालयका अनुसार कोभिशिल्डको दोस्रो मात्रा लगाउन छुटेका ज्येष्ठ नागरिकले खोप कार्डसहित नजिकको केन्द्रमा जानुपर्ने छ । खोप केन्द्रमा जाँदा अनिवार्य मास्क लगाउन र भिडभाड नगर्न कार्यालयले अनुरोध गरेको छ ।

त्यस्तै, कोभिड संक्रमण भइ निको भएको ३० दिन ननाघेका, कोभिड लक्षण भएका र पहिलो मात्रा लगाउँदा गम्भीर असर देखिकालाई खोप नलगाउन समेत भनिएको छ ।

प्रकाशित मितिः   २७ श्रावण २०७८, बुधबार ०५:००