महिला संघको स्थापना दिवस

नेपाल महिला संघ सुर्खेतले विभिन्न कार्यक्रमको आयोजना गरेर ७४औं स्थापना दिवस मनाएको छ । आइतवार भएको कार्यक्रममा बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले महिला र पुरुष दुवैले एक अर्कालाई सहयोग गरि अघि बढ्नु पर्ने बताए । उनले पुरुष सरह महिलाहरूको पनि उत्तिकै योगदान र भुमिका रहने जनाए ।

नेपाल महिला संघ सुर्खेतकी अध्यक्ष पार्वती गिरीले मुलुकमा भएको राजनीतिक परिर्वतनमा महिलाहरूको योगदान उच्च रहेको बताइन् । नेपाल महिला संघ स्थापना नेपाली महिलाहरूका लागि राजनीतिमा कोषेढुङ्गा भएको उनको जिकिर थियो । उनले महिलाहरू चुलो–चौकामा मात्र सीमित नभएर संगठित भइ राजनीतिक परिवर्तनका आन्दोलनमा सक्रिय भएको बताइन् ।

प्रकाशित मितिः   २५ श्रावण २०७८, सोमबार ०५:००