‘भेरीको पानी उपत्यकामा ल्याउन पहल गरौं’

गर्मी मौसम सुरु भएसँगै सुर्खेत उपत्यकामा खानेपानीको अभाव सुरु भएको छ । हरेक वर्ष जस्तै यसवर्ष पनि उपत्यकाबासीले खानेपानीको हाहाकार व्यहोर्ने सङ्केत देखिएको छ । उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानीको मुहान सुक्न थालेकाले खानेपानीको अभाव हुने जनाएको छ । मुहानमा पानीको मात्र कम भएसँगै संस्थाले पानी वितरणको नयाँ तालिका बनाएको छ । अब उपत्यकाबासीले ३६ घण्टाको अन्तरालमा मात्र खानेपानी पाउने छन् । संस्थाले झुप्रा, इत्राम र खार्के खोलाको मुहानमा पानीको मात्र घटेकाले पानीको आपूर्तिमा समस्या भएको जानकारी दिएको छ । यसै सन्दर्भमा रहेर हाम्रा सहकर्मी गीता थापाले वीरेन्द्रनगरका केही स्थानीयवासीलाई सुर्खेत उपत्यकाको खानेपानी अभावको समस्या समाधान गर्न के गर्नुपर्ला ? भनि सोधेकी थिइन् । प्रस्तुत छ, उनीहरूको धारणा जस्ताको त्यस्तै ः 
प्रकाशित मितिः   ३० फाल्गुन २०७२, आईतवार ११:३१